नायक सरोज खनालको लोभलाग्दो व्यापार, दैनिक हुँदोरहेछ लाखौंको कारोबार (भिडियो)

काठमाडौं। लामो समय अमेरिका बसेर फर्किएका चर्चित नायक सरोज खनाल काठमाण्डौंमा अण्डा वेच्छन् भन्दा तपाईलाई विस्वास नलाग्ला । के नायक खनालले अण्डा बेचेरै जिविकोपार्जन गर्नु परेको हो र ? तर, त्यसो नभएर आफ्नो काम आफैले गर्नुपर्छ र आफ्नो कामको सम्मान गर्नुपर्छ भनेर बुझेका खनालले आफ्नो व्यवसायलाई निरन्तरता दिएका हुन्।

ललितपुरको एकान्त कुनामा आफ्नै पोल्टी फर्म छ । पोल्टी फार्मको नाम हो ‘खनाल पोल्टी फार्म’ उनी त्यहाँ बिहान ६ बजे पुग्छन् । त्यहाँ आइपुगेको अन्डा ट्रकबाट निकाल्छन् । क्यारेटहरु गन्छन् अनि बजारका निश्चित ग्राहकलाई आफै वितरण गर्न जान्छन् । उनी वितरणको काम १० बजेसम्ममा सक्छन् ।

नायक खनाल भन्छन्–‘अमेरिका जानु अगाडि ममा अहँ थियो । निकै ‘चुजी’ थिएँ । अमेरिकाबाट फर्केपछि आफ्नो काम गर्न डराउनु हुँदैन भन्ने जाने । मैले ढाँटेको होइन, चोरेको पनि होइन । श्रम गरेको हो । श्रमको सम्मान गर्नुपर्छ ।’ उनको यो व्यवसाय नयाँ होइन । २०४३ सालदेखि उनको परिवारले चितवनको रत्ननगरस्थित ज्यामिरेमा ‘खनाल पोल्ट्री फर्म’ चलाई रहेको छ ।

खनाल भन्छन्–‘ म अमेरिकाबाट फर्किएपछि तीनवटा पोल्ट्री फर्म थपिएको छ ।’ उक्त व्यवसायमा खनालका ४ भाईको लगानी छ । त्यसमा उनको २५ प्रतिशत रहेको छ ।