जनकपुर भन्सारका कर्मचारी १ लाख ५० हजार घुससहित प’क्राउ

जनकपुर। जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी घुससहित प’क्राउ परेका छन्।

अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट गएको टोलीले एक लाख ५० हजार घुससहित सोमबार साँझ प’क्राउ गरेको हो।

नासु अन्सारीलाई सेवाग्राहीबाट घुस लिइसकेका अवस्थामा रंगेहात प’क्राउ गरिएको अख्तियारले जनाएको छ।