मिसनमा गएका शान्ती सेनाका जवान घर फर्कदा विमानस्थलमै प्रेमी लिएर पुगीन् श्रीमती (भिडियो)

काठमाडौं । अन्य देशमा शान्ती स्थापना गर्न भन्दै शान्ती सेनामा गएका एक नेपाली सेनाको घर परिवारमा भने अशान्ती भएको छ । विदेशमा शान्ती सेनामा काम गर्ने रब्बा तामागं नाम गरेका एक नेपाली घर फर्कदा उनको घर रित्तो थियो । परिवार र छोराछोरीको भविष्यका लागि भन्दै कञ्चनपुरको रामवास भन्ने स्थानवाट शान्ती सेनामा जागिर खान देश वाहिर गएका यि युवाको परिवार अहिले भताभुंग भएको छ । उनको मनमा अशान्ती छ त्यसैले आफ्नो पीडा भुल्न नसकेपछि उनी धरधरी रोएका छन् ।

घर उजाडीएपछि अहिले आफ्ना छोराछोरी कहाँ राख्ने भन्दै उनी अन्यौलमा छन् । आफु विदेशमा भएको बेलामा आफ्नो घरमै आएर श्रीमतीसंग अर्का पुरुषले गरेको हर्कत अहिले उनका छोराछोरीले सुनाउँछन् । घरमै ल्याएर अर्का पुरुषसंग संगै सुत्ने गरेको कुरा छोराले सुनाउँदा उनलाई विश्वास नै लाग्दैन । जसको लागि भनेर उनले देश छोडेर परदेश गए उसैले यि पुरुषलाई छोडिदिइन् । जव उनी विदेशवाट नेपाल आए श्रीमती विमानस्थलमा लिन आइन् ।

श्रीमतीसंगै उनको प्रेमी पनि विमानस्थलमै आए । जव एउटा महिलाको प्रेमी र श्रीमान दुवैजना भेटभए विमानस्थलमै दुई जनाको झ ग डा पर्यो । आफ्नै श्रीमतीलाई अर्को पुरुषले मेरो श्रीमती हो भनेर दावी गरेपछि आफुलाई सहिनसक्नु भएको उनले बताए । विमानस्थलमै श्रीमती तानातान भयो, उनले भने उसले मेरो श्रीमती हो तँ संग के प्रमाण छ भनेर उल्टै मलाई सोध्यो ।

आफुले विवाह गरेर छोराछोरी समेत जन्माइसकेको श्रीमतीलाई अर्का पुरुषले श्रीमती दावी गरेपछि उनी समस्यामा परेका छन् । अहिले घरमा उनी परिवारसंग एक्लै छन् । विमानस्थलको गेटमै राजेन्द्र राईले आफ्नो श्रीमती भनेर दावी गरेपछि कु टा कु ट भएको बताए । आफ्नो श्रीमतीलाई राजेन्द्र राईले आफ्नो भनेपछि कु टा कु ट भएको बताए । कु टा कु ट हुँदा प्रहरीले दुवै जनालाई प्रहरी कार्यालयमा लग्यो ।

प्रहरीले को संग बस्छौ भनेर सोध्दा प्रहरीको अगाडी राजेन्द्र राईसंग बस्छु भनेको उनले बताए । तर पनि सम्झाई बुझाई गरेर श्रीमतीलाई होटलमा लिएर गए । तर श्रीमतीले होटलको कोठामा उनलाई थुनेर भागिन् । श्रीमतीले विभिन्न सहकारी र बैंकवाट ऋण लिएर २० लाख रुपैया लिएर गएको उनले बताए ।