कार्यक्रम सञ्चालिकाले भनिन्- ‘भुलवस ३५ बर्षपछि ३१ बर्ष भनियो’

काठमाडौं । २ दिन अघि नेपाल टेलिभिजनको इटहरी शाखाको औपचारिक प्रशारणको समारोहमा कार्यक्रम सञ्चालिकाले गरेको सामान्य गल्तीलाई मानिसहरुले मजाक उडाएका छन्। एउटा सानो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल नै बनाइएको छ।

कार्यक्रम सञ्चालिकाले ‘३५ बर्ष पुरा गरि ३६ बर्षमा प्रवेश गरेको’ भन्नुपर्नेमा ३१ बर्ष भनेको भिडियोमा सुन्न सकिन्छ। सामान्य मानवीय त्रुटीलाई गम्भीर बिषय बनाइएपछि कार्यक्रम सञ्चालिकाले माफि मागेकि छन्।