एमसिसी पास गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौ। समाजबादी पार्टीका संघिय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल राष्टको हित हुने गरेर मात्र एमसिसी पास गर्नुपर्ने धारणा ब्यक्त गरेका छन्।

त्रिबिको सिनास हलमा भएको समाजबादी बिद्यार्थी युनियन केन्द्रिय कमिटिको स्वबियु चुनाबको तयारी सम्वन्धी बसेको बैठकलाई सम्बोधन गर्दै सो कुरा वताएका हुन् । नेपाललाई सहयोग गर्ने जुनसुकै राष्ट वा संघसंस्थाको पनि केहि न केहि स्वार्थ हुने भएकाले हामीले नेपाल लाई सम्बृद्ध नबनाएसम्म अर्काको थिचोमिचो भैरहने वताए।

नेपालामा आइ एन जि ओ मार्फत आएको सहयोगमा चरम भ्रष्टाचार हुने भएकोले बिकासको लागी आइ एन जि ओ भन्दा सोझै सरकारलाई दिने एमसिसि बढी प्रभाबकारी र पारदर्शी समेत हुने वताए।

नेकपा भित्रको अन्तरकिचलो र ब्यक्तिगत स्वार्थको कारण अनाबस्यक रुपमा एमसिसिको धेरै बिरोध भएको भन्दै देशको सार्बभौमसत्ता, आर्थीक बिकास, सुरक्षा र सांस्कृतिक क्षेत्रमा असर नपर्ने गरी एम सि सि गर्दा केहि फरक नपर्ने वताए।

नेपालजस्तो कम विकसित र सानो मुलुकले अमेरिका चिन भारत सबैसँग सुमधुर सम्वन्ध राख्नुपर्ने र हामी कसैको दुस्मन वा प्रतिस्पर्धी नभएकोले कुनै खतरा समेत नभएको स्पष्ट पारे । साथै उनले समाजबादी विद्यार्थी युनियनले आफ्नो पार्टीको सम्पुर्ण धारणा आम जनता र बिद्यार्थिमाझ लैजाने र सक्तिशाली बैकल्पिक संगठनको रुपमा स्थापित हुने बिस्वास समेत ब्यक्त गरे।