बार्सिलोनाको खेल हेर्न जादै प्रियंका र आयुष्मान

काठमाडौं। पछिल्लो समय अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी निकै चर्चामा छन् । यी दुई आउँदो फागुन १७ गते वैवाहिक जीवनमा बाधिदैछन् । दुई बर्ष अघि टिका टाला गरेका उनीहरुले यहि फागुनमा विवाह गर्ने भएका हुन् ।

विवाहको चर्चा सँगै यी दुईको नयाँ खबर आएको छ । यी दुई बार्सिलोनाको खेल हेर्न बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा जाने भएका छन् । आफुहरु क्याप नोउमा जानेबारे अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएकी हुन् ।

स्पेनिस लिग ला लिगामा आइतबार राति साविक विजेता बार्सिलोना र लेभान्टेले खेल्दैछन् । उनीहरुलाई खेल हेर्न जाने अवसर मोबाइल एप्स भाइबरले उक्त अवसर जुराइदिएको बताइएको छ । अभिनेत्री प्रियंकाले शुक्रबार भाइबरलाई धन्यबाद दिदै केही तस्वीर शेयर गरेकी छिन् ।