सिन्धुली दुर्घ’टना, कन्चनरूप नगरपालिका सप्तरीका सहलेखापाल चौधरीको मृ’त्यु

सिन्धुली । विपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा स्कारपियो दुर्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कन्चनरूप नगरपालिका ६ सप्तरीका ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको स्कारपियो जीप दुर्घटना हुँदा चौधरीको घट’नास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक स्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घ’टनामा स्कारपियोका चालक सोही ठाउँका ३० वर्षीय महमद अफरोज ग’म्भीर घा’इते भएका छन् । उनलाई उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको छ।

मृ’तक चौधरी कन्चनरूप नगरपालिका सप्तरीका सहलेखापाल हुन् । दुर्घट’नाग्रस्त स्कारपियो सकडबाट झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण स्कारपियो अनियन्त्रीत भइ दुर्घ’टना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।