माइला लामा लाइ रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ। नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनप्रीय कलाकार माइला लामा सहित चार नेतालाई रि’हा गर्न अदालतले आदेश गरेको छ । ललितपुरमा रहेको पाटन उच्च अदालतले लामा सँगै नेकपा केन्द्रीय सदस्य नविन विक, नेतृ धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको छ ।

केहि महिना अगाडी जिल्ला अदालत ललितपुरले एनसेलमा विस्फोट गराएको घ’ट’नामा र राज्य विरुद्धको अपराधमा दो’षी ठ’हर गर्दै पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसलालाइ उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेश वि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेता नि’र्दोष ठ’हर गर्दै रिहा गर्न आदेश दिएको हो । लामा लगाएतलाइ छुट्टाछुट्टै समयमा प्रहरीले गिरफ्तार गरेको थियो । ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि ललितपुरको नख्खु जे’ल चलान गरेको थियो ।

थुनामा रहेका नेताहरुको आफन्त पी’डि’तको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द , रामकृष्ण भण्डारी, सन्तोष कोइरालाले बहस गरेका थिए ।