पि’डितहरुलाई सहयोग गर्न म डन बनेको छु – बिराज

काठमाडौ । नायक बिराज भट्टको निर्देशनमा बनेको चलचित्र साङ्ग्लो अहिले प्रचार प्रसारको क्रममा रहेको छ । बिराज भट्ट र निकिता चन्दकको मुख्य अभिनय रहेको चलचित्र पूर्णता मनोरन्जनात्मक बनेको निर्माण पक्षले जनाएको छ ।

बिराज भट्टले क्यानाडा नेपालसंग कुराकानी गर्दा आफ्नो पुरानो दिनहरु स्मरण गरेका छन् । आफु धेरै चोटी डन बनेको तर पिडितहरुको सहयोगको लागी भन्ने कुरा समेत उल्लेख गरेका छन् । आफुले सधै दुखीहरुलाई सहयोग गरेको बताएका छन् ।

साङ्ग्लो चलचित्रको बारेमा प्रश्न गर्दा बिराज भट्टले भने, “मैले बनाएको यो चलचित्रले दर्शकको लागि एक्सन चलचित्र हेर्ने धोको पुरा गर्नेछ । अहिले कमेडी चलचित्र मात्र बनेको बेला मेरो यो चलचित्रको फरक स्वाद दिनेछ भन्ने विश्वस्त छु । यो चलचित्रले दर्शकलाई मनोरन्जन भर्पुर दिनेमा ढुक्क छु र हाम्रो मेहेनत दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास समेत लिएको छु ।”

बिराज भट्टका अनुसार आफु भारत जानुको कारण दर्शकको मायाले हो भन्दै भने, “दर्शकले मेरो अभिनय र कामलाई यत्ति माया गरिदिनु भयो कि मेरो चर्चा नेपाल देखि भारत सम्म पुग्यो । त्यहि समयमा भारतीय निर्माताहरु नेपाल आएर मलाई चलचित्रको लागि साईन गर्नुभयो । एउटा नेपाली कलाकार भारत गएर चलचित्रमा खेल्नु भनेको देशको नाम रोशन गर्नु हो भनेर म गएको थिए । भारतीयहरु संग काम गर्दाको अनुभवहरुलाई प्रयोग गरेर यो चलचित्र निर्माण गरेको छु ।”