जापान जान्छु भनेर मख्ख नपरे हुन्छ, जापानमा नेपालीहरुले भोग्ने पिडा र दुख कम्ता छैनन्…

काठमाडौ। आफ्नै लागि र नेपाल आमाको लागी मुटुभरि देशको मायॉ अनेकौं सपना र भविष्यका परिकल्पना गर्दै मुटु पिरो वनाउंदै त्रिभूवन विमानस्थलवाट वैदेशिक यात्रा सुरु गरेको पनि १ वर्ष पुगेछ। सबैभन्दा महंगो र हतारै हतारको सहर मानिने टोकियोको एक कुनामा वसेर जिन्दगिका संघर्षसिल पाईलाहरुले गन्तब्य खोजिरहेकि छु।यो सहरमा म जस्ता सत्तरि हजार बढि नेपालिहरु यसैगरि भौतारिईरहेका छन।

यस सहरमा सुरुवातका दिनहरु निकै कष्ठपुर्ण र कहालिलाग्दा थिए।आफ्नो भन्ने कोहि थिएन, एक त सबै हतारै हतारमा देखिन्थे भएका आफन्ति र साथिभाईले पनि खासै वास्ता नगरेजस्तो लाग्थ्यो। दुख लागेको कुरा म भन्दा केहि समय पहिला जापान प्रवेश गर्नुभएका आफन्तजनहरु समयसंगै वदलिएर आफन्त चिन्नै छोड्नुभएछ।अझै भनौं नेपाल छंदा छिटो आउ काम लगाईदिन्छु भन्नेहरुले पनि फोन उठाईदिएनन।

सुनेको जापान र भोगेको जापानमा आकासपातलको फरकपन पाउंदै थिएं। घनाजंगलको विचमा आफु भयजस्तो कि कस्तो कस्तो लाग्थ्यो सोच्दासोच्दा आफैमा हराउंथे।काहिंकतै १ जना नेपालि बाटोमा देख्योकि माईतिगाउंको कुकुर प्यारो जस्तै लाग्थ्यो।अंग्रेजि पनि खासै प्रयोग नहुने जापनिज भाषाको अवस्था पनि शुन्य थियो। भाषाकै समस्याको कारण काम, किनमेलदेखि लियर सबैठाउंमा समस्या हून्थ्यो। नेपालमा शिक्षण,पत्रकारिता, वजार ब्यवस्थापन यस्तै पेशाको काम र अनुभवलाई विट मार्दै रुखवाटै पैसा टीप्नेजसरि जापान आईपुगेकी म।बाकीँ भिडियोमा हेर्नुहोस…