शास्त्रअनुसार यी ६ गुण भएका युवती भाग्यमानी हुन्छन्

एजेन्सी। हाम्रो समाजमा शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भविश्यबारे पनि बताइन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी कन्यामा हुने १२ गुणबारे उल्लेख गएिको छ । त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्य मानी हुने पुराणमा उल्लेख छ । समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् । कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् । जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ । सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् । आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

हिन्दू धर्ममा यसकारण विधवाहरू सेतो कपडालगाउँछन् 

प्राचीन ग्रन्थमा सेतो रंगलाई शुभ मानिएको छ तर समय परिवर्तन हुँदै जाँदा मानिसहरूले यो रंगलाई मांगलिक कार्यमा प्रयोग गर्न छोडे । प्राचीनकालमा सबै प्रकारका मांगलिक कार्यमा सेतो रंग नै प्रयोग गरिन्थ्यो । पुरोहितहरू पनि सेता लुगा लगाउँथे । तर पछि अन्य रंगहरू मांगलिक कार्यमा प्रयोग हुन थाले र बिस्तारै सेतोलाई प्रतिस्थापन गर्न थाले । मृत्यु चाहिँ अमंगलको सूचक हो त्यसैले मृत्युसंस्कारमा सेतोको प्रयोग रहिरह्यो । अनि महिलाप्रतिको विभेदकारी नीतिनियमका कारण महिलाले चाहिँ विधवा भएमा जीवनपर्यन्त सेतो वस्त्र लगाउनुपर्ने, पुरुषले चाहिँ विधुर भएमा जस्तो लुगा लगाएपनि हुने चलन चलाइयो ।

तर वेदमा विधवा स्त्रीलाई पुनर्विवाहको छुट छ । उदीर्ष्व नार्यभि जीवलोकं गतासुमेतमुप शेष एहि।हस्तग्राभस्य दिधिषोस्तवेदं पत्युर्जनित्वमभि सम्बभूथ। अर्थात्, पतिको मृत्यु भएपछि कुनै पनि स्त्रीले उसके यादमा जीवन बिताउनुपर्छ भन्ने छैन । अर्को पुरुषलाई विवाह गरेर जीवन अघि बढाउने पूरै छुट उक्त स्त्रीलाई छ । आजकल त मानिसहरूको सोचमा परिवर्तन आइसकेको छ । विधवालाई पनि समाजमा यथोचित सम्मान दिन थालिएको छ । विधवाहरू पनि रंगीन वस्त्र लगाउने अनि पुनर्विवाह गर्ने गरिरहेका छन् ।

तैपनि सेतो वस्त्र लगाउनुका पछाडि केही कारणहरू छन् । खासमा सेतो रंग भनेको अन्य रंगहरूको अनुपस्थिति हो । आफ्नो आमाबुवाको घर छोडेर पतिको घर जाने महिलाका लागि पति महत्वपूर्ण व्यक्ति हो । त्यही पतिको मृत्युका कारण जीवन रंगहीन भएको महसूस गर्ने महिलाले सेतो लुगा लगाउनु उपयुक्त नै हो । सेतो सारी लगाउने महिलाको फरक पहिचान बन्छ । सबैजना ऊप्रति संवेदना राख्न थाल्छन् । यो मनोवैज्ञानिक प्रभावका कारण उनले सामाजिक सुरक्षा पनि पाउँछिन् । तर सेतो वस्त्र लगाएकी नारीप्रति कुदृष्टि राख्ने नराधमहरू पनि हुन्छन् समाजमा । सेतो कपडाले मन शान्त र सात्विक बनाउँछ जबकि रंगीचंगी कपडाले भौतिकतामोह देखाउँछ ।