सभामुख सापकोटालाई प्रधानमन्त्रीको दवाव: ‘एमसीसी जसरी पनि पास गर्नुपर्छ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एमसीसी (अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन) पारित गर्न अपील गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नपर्ने बताएका हुन्।

सोमबार सभामुखको सपथ लिएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीबारे हतार गर्नु नपर्ने बताएपछि चिन्तित् देखिएका प्रधानमन्त्री ओलीले मंगलबारकै बैठकलाई सम्बोधन गर्दै एमसीसीका बारेमा बोलेका हुन् । उनले उनलाई शुभकामना दिँदै गदौ नै एमसीसी पारित गर्नुपर्ने दबाब सृजना गरेका छन् ।

सोही क्रममा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिएका प्रधानमन्त्री ओलीले विगतको सहकार्य र एकताको राजनीतिक स्मरण पनि गरेका छन् ।

यो पनि पढ्नुहोस: राष्ट्रिय हितका आधारमा एमसीसीबारे निर्णय प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ –(एमसीसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पारे । गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले सोबारे निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो।

नेकपाका केन्द्रीय प्रचार विभाग प्रमुख श्रेष्ठले आफूले बागलुङको एक कार्यक्रममा ‘राष्ट्रिय हितका आधारमा त्यसबारे निर्णय हुन्छ’ भनेकामा ‘पारित हुन्छ’ भन्ने अर्थ लाग्ने गरी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकामा ध्यानाकर्षण गराउँदै पत्रकारले विषयवस्तु अध्ययन र शब्द चयनमा संवेदनशीलता अपनाउन आग्रह गरे । अमेरिकी सरकारसँगको उक्त सम्झौता अनुमोदनका लागि सरकारले सङ्घीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

नेकपाको स्थायी कमिटीमा सो सम्झौता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग भएमा पारित हुन नहुने मत व्यक्त भएको थियो । सरकारले उक्त सम्झौता सो रणनीतिको अङ्ग नभएकाले अनुमोदन हुने जनाउँदै आएएको छ तर नेकपा नेतृत्वकै सरकार भएकाले पार्टीको सचिवालय बैठकको निर्णयपछि मात्रै अनुमोदनको प्रस्ताव अघि बढ्ने देखिएको छ।