गायिका आस्था राउत अस्पताल भर्ना

काठमाडौं । प्रहरी हि’रा’सतमा रहेकी गायिका आस्था राउतले प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ । बिरामी भएको भन्दै राउतलाई प्रहरीले त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरेको स्रोतले जनाएको छ ।

आफन्तसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी राउतलाई सोमबार बिहान प्रहरीले नि’यन्त्रणमा लिएको थियो। उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

अस्पतालले गायिका राउतलाई अस्पतालको चौथो तल्लामा ४२३ नम्बरको बेडमा राखेर उपचार भैरहेको जानकारी दिएको छ । डा.सुभाषचन्द्र यादव नेतृत्वको टोलीले राउतको उपचार गरिरहेको जनाइए पनि के बिरामी भएको भन्ने बारेमा जानकारी दिइएको छैन ।

राउतमाथि प्रहरीमाथि दुव्र्य’वहार गरेको आ’रोप छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीवि’रुद्ध जाहेरी दिएकी थिइन् ।