प’क्राउ परेका दीपक मनाङ्गे रिहा

कास्की। दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ धरौटीमा रिहा हुनुभएको छ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा प’क्राउ पर्नुभएका गुरुङ आइतबार रिहा हुनुभएको हो।

जिल्ला प्रशासन कार्यालय, कास्कीले गुरुङलाई ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो।

रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङवि’रुद्ध आफू सफल भएको बताउनुभयो । मनाङ्गेले आफूलाई कु’टपि’ट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिनुभएकाे थियाे । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई प’क्राउ गरी तथा फौजदारी अभियोगमा मु’द्दा दायर गरेको थियो।