एमसीसी पास गर्ने सांसदलाई जिल्ला जिल्लामा नाकाबन्दी लगाईदिन्छौ- नेकपा नेता भण्डारी

काठमाडौ। अहिले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग लिने या नलिने भन्ने विषयमा राजनीतिक बृत्तमा मत बाझिएको छ । यस्तै सन्दर्भमा सत्तारुढ दलकै नेता साध्यबहादुर भण्डारीले एमसीसी संसदबाट जस्ताको त्यस्तै पारित भयो भने देशको सार्बभौमसत्ता संग खेलवाड गर्ने मतियार संसदका सदस्य बनेको भन्दै जिल्ला जिल्लामा नाकाबन्दी लगाईदिने चेतावनी दिएका छन ।

आफ्नो देशको साधन स्रोतलाई पानीसरि बगाएर बिदेशी कठपुतली बन्न लिन खोजिएको यो प्राबधान कुनै हालतमा पास गर्न नदिने बताएका छन्। उनले एमसीसीलाई रोक्न हरेक नागरिक सडकमा उत्रन आब्हान गर्दै देशमा गम्भीर संकट उत्पन्न भएको समेत बताए ।

तर सत्तारुढदल र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका प्रमुख राजनीतिक दलका नेताहरु एमसीसीलाई संसदबाट जस्ताको त्यस्तै पास गर्ने मनसायमा छन् । भने अर्को तिर साना कम्युनिस्ट दल नेकपा मसाल, मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओबादी, नेकपा माले लगाएतका दल सहित नागरिक समाजको एक हिस्सा, सत्तारुढ दलका नेताहरु भिम रावल, देब गुरुङ, लिलामणि पोख्रेल साध्य बहादुर भण्डारी, नारायण पौडेल सहितका नेता एमसीसी राष्ट्रघात छन् भन्दै संसदबाट पारित गर्न नहुने पक्षमा छन् ।

अहिलेको सरकार बिशेष गरि प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी संसदबाट पारित गर्न लालायित देखिएकोले सडकका साना बिरोधले एमसीसी संसदबाट पारित हुनबाट रोक्न सक्ने देखिदैन । हेर्नुस यसै बिषयमा सुनौलो नेपालका लागि महेश शर्माले भण्डारीसंग गरेको कुराकानी: