पोथी तोपचरालाई खुसी पार्न भालेले चराले यस्तोसम्म गर्छन् (फोटोफिचर)

काठमाडौं। भौगोलिक विविधता भएको नेपालमा ८७१ प्रजातिका चरा पाइन्छन् । यी चराहरुको आ–आफ्नै विशेषता र कला छ । यस्तै, कला भएको चरामधये तोप चरा पनि एक हो ।

भँगेरा वर्गका तोप चरालाई नेपालीमा कतै कोटेरो त कतै सुजेरो, बकेचो र तोलायँ भनेर चिनिन्छ । सानो यस चराको कला अनुपम छ । यस चराको भालले गुँड बनाउँछ । स–साना घाँस जम्मा पारेर चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन् । ती गुँट हेर्दा लाग्छ, त्यो मसिनले सिलाएर बनाएको ।

चराविज्ञहरुका अनुसार भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् । यी चराको हूलमा भालेभालेबीच कसले राम्रो गुँड बनाउने भन्नेसमेत होडबाजी नै चल्छ । यी चरालाई इन्जिनियर चरा पनि भनिन्छ ।

संघीय सरकारको राजधानी रहेको काठमाडौं सहरभन्दा कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीमा अग्ला रुखमा रहेको तोप चराको गुँड यहाँ प्रस्तुत गरिएको छ ।






फोटोः रासस