तेरो लागि रातो साडी किनेर ल्याएको थिएँ… यति लामो बाटो कसरी एक्लै हिँडु म ?

काठमाडौ। बैतडी दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो । प्रकाश नेपाली सेनामा कार्यरत छन्, रमिता महेन्द्रनगरस्थित डेरामा बस्थिन् ।

ब्राह्मण परिवारकी छोरी रमितालाई क्षेत्री परिवारका प्रकाशले एक वर्षअघि नै भगाएका थिए, यद्यपि उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो । आफ्ना साथीभाइलाई कार्ड बाँड्नका लागि बजारमा साइकलमा हिँडिरहेका बेला बिहीवार महेन्द्रनगर बजारमा टिप्परले ठ’क्क’र दियो । रमिताको घट’ना’स्थलमै मृ’त्यु भयो ।

आफ्नो जिन्दगीको नयाँ अध्याय शुरू गर्न नपाउँदै रमिताले संसार छाडिन् । आफैंले बाँडेका कार्डका निम्तालुलाई विवाह समारोहमा सहभागी हुने अवसर दिन पनि पाइनन् । रमिताले छाडेर गएपछि प्रकाश भावविह्वल छन् । उनले फेसबूकमा मर्मस्पर्शी स्टाटस लेखेका छन् ।

बिहेका लागि रातो साडी खरिद गरिसकेको भन्दै उनलले बिहेको साडी र सिउँदोमा सिन्दुर सजिएको हेर्ने सपना रहेको उल्लेख गरेका छन् । प्रकाशले आफू पनि छिट्टै आउने भन्दै पर्खिन आग्रह गरेका छन् ।

के लेखे प्रकाशले ?

“तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी ! पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ! यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।”

हेर्नुहोस्, स्टाटस :

यो पनि पढ्नुहोस: विवाह गर्न चार दिन मात्रै बाँकी हुँदा जसलाई टिपरले लुछेर लग्यो !

महेन्द्रनगर। भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता भट्ट जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् ।प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाशसंग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो ।

नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन् । तर दैबको लिला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठ’क्करबाट रमिता भट्ट(रोशनी)को ज्या’न गयो। बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठ’क्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया उनको घ’टनास्थलमै मृ’त्यु भयो। साईकल चढेकी रमितालाई टिपरको पछाडीको चक्काले उनको टाउको कि’चेपछि उनको घ’टनास्थलमा नै ज्या’न गयो। घ’टना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो।

त्यस्तै सामाजिक विकास मन्त्रालयले अ’त्याधुनिक भनेर बाडेको एम्बुलेन्स बिरामीलाई नेपालगञ्ज पु¥याएर फर्किदै गरेको अवस्थामा डोटीको बुडरमा ग’म्भीर दु’र्घटनामा परेको छ ।चालक मु’स्किलले जो’गिएपनि एम्बुलेन्स भने नराम्ररी क्ष’तिग्रस्त भएको छ । एम्बुलेन्स को अगाडिको भाग पूर्ण रुपमा क्ष’ति भएको छ ।प्रहरीका अनुसार बझाङको छविस पाथिभेरा गाँउपालिकाको मटेला स्वास्थ्य चौ’कीको सु प प्र ०१००१ झ ३४८ नम्बरको एम्बुलेन्स जोरायल गाँउपालिका वडा नम्बर २ बुडर बजार नजिकै मोडमा मंगलवार साँझ दु’र्घटना भएको हो ।

ईप्रका बुडरका प्रमुख प्रहरी नायव निरिक्षक कर्ण रौलेले बझाङबाट कोहलपुर बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दु’र्घटनामा परेको बताए।बुडरबाट मर्मत लागि ल्याएको एम्बुलेन्सको तस्वीर लिन धनगढी बोराडाडीस्थित सिप्रदी टे«डिङको सर्भिस सेन्टर पुगेका सञ्चारकर्मीहरुलाई त्यहाँका कर्मचारीले तस्वीर लिन दिएनन । उक्त एम्बुलेन्स आज दिउसो बुडरबाट धनगढी ल्याइएको हो ।चालकहरुले सामाजिक विकास मन्त्रालयले अ’त्याधुनिक भनेर बाडेको एम्बुलेन्स एक पांग्रे भएको, ब्रे’क न’लाग्ने, ओरालोमा अ’त्यन्त ता’तिने, पट्टावाला भएकोले उ’फ्रिने लगायतका स’मस्याहरु भएको बताएका थिए ।

सं’युक्त एम्बुलेन्स चालक सं’घका सुदूर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले उक्त एम्बुलेन्स च’लाउनु बि’रामी र चालकका लागि अ’त्यन्त जो’खिमपूर्ण भएकोले सुदूरपश्चिमका चालकहरुले न’चलाउने बताएका थिए । यद्दपि सामाजिक विकास मन्त्रालयको द’वावमा चालकहरु उक्त एम्बुलेन्स च’लाउन बा’ध्य भएका छन् ।