अस्ट्रेलियाको डढेलो निभाउन उडेको विमान दुर्घ’टनाग्र’स्त, ३ जनाको मृ’त्यु

एजेन्सी। अस्ट्रेलियामा डढेलो निभाउन उडेको एक विमान दुर्घ’टनामा परेको छ।

यस दु’र्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृ’त्यु भएको बीबीसीले जनाएको छ।

बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठो’क्किएको अवस्थामा भेटिएको जनाइएको छ।

क्यानेबरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै मृ’त भेटिएका छन्।

विमान दुर्घ’टनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ।

झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

२८ जनाभन्दा बढीको मृ’त्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन्।