यस्तो जाडोमा चिसो खाएर माईतीघरमा कुर्लिएर केही हुँदैन् : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा एक्लो उम्मेद्धवार दिएका सांसद अग्नि प्रसाद सापकोटाको वि’रोधमा माईतीघरमा जुलुश निकाल्नु र वि’रोध प्र’दर्शन गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् ।

ललितपुरको खुमलटारस्थित् आफ्नो निवासमा समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै नेता दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य सापकोटाविरूद्ध आज माइतीघर मण्डलमा प्रदर्शन गरिएपछि सोधिएको प्रश्नमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा ह त्या आ’रोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो। ह त्या घ’टनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

अध्यक्ष दाहालले सभामुखका उम्मेद्धवार सापकोटाको वि’रोधमा माईतीघरमा वि’रोध गर्नुको कुनै औचित्य नभएको जिकिर गरे । उनले भने,‘जाडोमा माईतीघरमा उफ्रिएर केही हुँदैन् ।’ उनले अग्नि सापकोटाको वि’रोध गर्नेलाई ‘चिसो खान माईतीघरमा कुर्लिएर केही हुँदैन् । चिसो हावामा नबस्नुहोस्’ भन्ने सन्देश दिएका थिए । उनले सापकोटा सभामुखको साझा उम्मेद्धवार भएको सुनाउँदै अब वि’रोध गर्नु औचित्यहीन भएको दाबी गरे ।