‘माग्ने बुढा’ कारबाहीमा

काठमाडौ। हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चलाएको उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो । बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् । चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने उनले बताए । यातायात व्यवस्था ऐनको प्रावधान अनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।


यो पनि समाचार…

भारतको केरलबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्या’न गु’माए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमा उनीहरुले अकालमा ज्या’न गु’माएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका ब’न्द गरेपछि हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्या’न गएको हो। अ’चेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएएपछि चिकित्सकहरुले सबैलाई मृ’त घो’षित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृ’त्यु भइसकेको थियो ।

प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको मृ’त्यु भइसकेको थियो। चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए। म’दिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृ’त्यु भएको आशंका प्रहरीले गरेको छ। दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए। सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो। उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए।

चिसोबाट ब’च्न हिटर बालेकै कारण उनीहरुको मृ’त्यु भएको ह्याम्स अस्पतालका डाक्टर थापा बताउँछन्। मृ’त्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। उनीनीहरु दुई परिवारका हुन्। दुई परिवारका बावु आमा र तिनका एक-एक छोरी रहेको प्रहरीले जनाएको छ। उनीहरु बा.३ क ३७८८ नम्बरको गाडीमा दामन पुगेको बुझिएको छ।

दुईजना बस्नुपर्ने कोठामा धेरैजना बसेको कारण अक्सिजन अ’भावमा उनीहरुको ज्या’न गएको आ’शंका गरिएको छ। ह्याम्समा ल्याएपछि चिकित्सकहरुले उनीहरुको श्‍वा’सप्रश्‍वास ब’न्द भएर ज्या’न गएको जनाएका छन्। ह्याम्स अस्पतालबाट आठैजनाको श’व पो’ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। पो’ष्टमाटम रि’पोर्टपछि मात्रै उनीहरुको मृ’त्युको कारण स्प’ष्ट हुने प्रहरीले जनाएको छ।