यही ताल रह्यो भने सबैले झा’पड खान्छन्, झापड त कम हो, गो’ली हा’न्नुपर्छ – मनाङे

पोखरा । पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा डाकिएका थिए गण्डकी प्रदेशका सांसद दीपक मनाङे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए । मुख्यमन्त्री कप उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा थिए सबै । मुख्यमन्त्रीलाई स्वागतको तयारी चलिरहेको बेला सांसद मनाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झाप’ड हा’ने ।

आखिर मनाङ्गेले गुरुङलाई किन हा’तपात गरे त ? रातोपाटीले एन्फा कास्कीका अध्यक्षलाई झापड हान्नुको कारणबारे सांसद मनाङेसँग कुराकानी गरेको छ ।

मनाङेसँग​ गरेको कुराकानी जस्ताको तस्तै:

आजदेखि गेम सुरु भयो । कहाँ बस्ने ? कहाँ सुत्ने थाहा छैन । टाइसिट निकाल्दासम्म जिल्लाको अध्यक्षलाई थाहा छैन । भ्र’ष्टाचार बढेको छ । सिस्टम ब्रेक गर्ने हो । तपाईंले लेखेर गर्नुहुन्छ । म झा’पड हा’नेर गर्छु ।
यो एकदम फटाहा रै छ । यसको स्वास्नी र बच्चा पाल्न एन्फा बनाएको होइन नेपालमा । यो फटाहाले अत्या’चार गरिरहेको छ नेपालमा । फुटबलको नाममा पैसा आउने । यसको स्वास्नी र छोराछोरीलाई खुवाउने होइन ।
फुटबलको नाममा आएको पैसा यसले भ्रष्टा’चार गरेको प्रमाण छ । प्रमाण भएरै तपाईंलाई भनेको हो । म काठमाडौंको सांसद भएको भए यी बच्चाहरुले कहाँ बस्थे कहाँ सुत्थे ? म पोखरा थिए र पो मैले मिलाए । बिचरा हिउँ परेको बाटोमा ८ दिनदेखि हिँड्दै बच्चाहरु गेम खेल्न आएका छन् ।

नेपालमा झा’पड त कमै हो, ‘‘आज मैले झापड मात्र हाने तर यिनीहरुलाई गो’ली हान्नुपर्ने हुन्छ ।’ तर, के गर्ने हाम्रो गो’ली हान्ने निकाय छैन । सांसदको काम हो यो । आफ्नो प्रदेशमा राम्रो नराम्रो के गर्नुपर्छ मलाई थाहा छ । खासमा मेरो अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङलाई पनि झापड हान्ने प्रोग्राम थियो । अर्को ठाउँमा त यसले मेरो पिटाई खाइहाल्छ । यति धेरै चोरी चकारी गर्नेलाई मैले भेट्न नपरोस्।

पूर्वअध्यक्ष गणेश थापालाई फेरेर ल्याएको यो राम्रो मान्छे भनेर हो । तर, यो त थापा भन्दापनि खतम देखियो ।

गेम ४ गते भनेर ७ गते सा¥यो । इन्फर्मेसन दिन पर्दैन यसले ? मेरो गाउँको मान्छे । आज म पोखरामा थिए । राम्रो भयो । म यहाँ नभएको भए प्लेयर्सहरुलाई कसले खुवाउँथ्यो ? कहाँ खाने कसले सुताउने ?
नेपालीको नाममा फिफाबाट पैसा खाने । यसको स्वास्नी र बच्चा हुर्काउने ? आठ दशवटा पत्रकारलाई पैसा खुवाएर राम्रो लेखाउने लगाउने । अतिथिमा पनि पोखराको काम न काजको मान्छेलाई २० देखि २५ हजार खाएर ल्याउने ।

मलाई विशिष्ट अतिथि रे । मेरो केही काम छैन विशेष अतिथिमा बस्ने ? विशेष अतिथि पनि ५० हजार लिने र त्यसलाई बनाउने । पैसा खाएर अतिथि बन्ने मान्छे म होइन । पैसा खाएर बिक्ने होइन । म माननीय हो । मैले एक्सन नलिए कस्ले लिने ? झा’पड हा’न्ने अधिकार मसँग छ ।

मुख्यमन्त्री कप गाउँमा गराउने ? मनकामना कप रंगशालमा ? मुख्यमन्त्री कप भनेको के हो ? पृथ्वीसुब्बा गुरुङको लागि लडेको होइन म । भोलि कुल्लिको छोरा पनि मुख्यमन्त्री हुनसक्छ । मैले मुख्यमन्त्री पदको लागि लडेको हो । मुख्यमन्त्री कप भनेपछि रंगशालमा हुनुपर्छ । सैनिक गाउँमा होइन ।

यो जस्तो चो’र फ’टाहालाई यत्तिकै छाड्नुहुन्न । म जिन्दगीमा भ्रष्टाचार गर्दिन । ‘भगवान कसम, आमाबाबु कसम खाएर भन्छु म भ्रष्टाचार गर्न सांसद बनेको होइन । आफ्नो पैसा खर्च भएको छ । तर, भ्रष्टाचार गरेको छैन ।’ एक दुई जनालाई पैसा खुवाएर यो हिरो बनेको छ । मुख्यमन्त्रीको बेइज्जत हुुनुभएन । भ्रष्टाचारीलाई प्रत्येक जिल्लामा झा’पड हान्नु पर्ने । यहि ताल हो भने सबैले झा’पड खान्छन् ।