आस्था राउत प्रकरणलाई प्रहरीले अपराधीकरण गर्नु जरुरी छैन – सिलवाल

काठमाडौं। गायिका आस्था राउतसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनाभनको बिषयलाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेसंगै बिभिन्न टिकाटिप्पणी शुरु भएका छन्।

राउत प्रकरणलाई लिएर एकातिर उनले माफी मागिसकेको र यसलाई ठुलो विषय बनाउन नहुने धारणाहरु बनेका छन् भने अर्कापट्टी उनले डिउटीमा खटिएकी प्रहरीलाई दुर्व्यवहार गरेकोले कानुनअनुसार कारवाही गर्नुपर्ने मत आइरहेका छन्।

पुर्व प्रहरी अधिकृत तथा नेकपा सांसद नवराज सिलवालले यो बिषय आपराधिक नभएको र व्यवहारजन्य बिषय भएकाले यसलाई अपराध गरेकै रुपमा अगाडी बढाउनुभन्दा सुधारात्मक वातावरण निर्माण गरि अगाडी बढ्नुपर्ने बताएका छन्। उनले प्रहरीले गायिका राउतलाई व्यवहारमा सुधार गर्नका लागि स्पस्टिकरण लिएर व्यवहार सुधारमा सहयोग गर्नुपर्ने उनको धारणा छ।

हेर्नुहोस् सांसद सिलवालसंग विविध बिषयमा सुनौलो नेपालका लागि मोहराज शर्माले गरेको कुराकानी: