एमसीसी पारित नगर्न प्रधानमन्त्रीलाई विप्लव समुहको ज्ञापनपत्र

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवादित एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ ।

उक्त पार्टीको सेती–महाकाली ब्युरोले सुदूरपश्चिम प्रदेश सरकारमार्फत नेपाल सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउँदै यो सम्झौता पारित नगर्न र लागू नगर्न कडा चेतावनी दिएको हो।

ब्युरो इन्चार्ज निर्माणले ज्ञापनपत्रमा भनेका छन् यो सम्झौता सदनबाट पास गरेमा हाम्रो पार्टीका तर्फबाट चरणबद्ध सङ्घर्षसहित नेपाल बन्दसम्मको कार्यक्रम गर्न र राष्ट्रिय प्रतिरोध सङ्घर्षलाई अगाडि बढाउन बाध्य हुने छ।