राजीनामा दिँदै शिवमायाले भनिन्- राजसंस्थाभन्दा ठूलो पितृसंस्था रैछ

काठमाडौं। संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन्।

‘मैले बाजी मारें। म सभामुख हुन्छु/हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ। परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’