आस्था विनाकारण रिसाइन होला त ? दुवैको दोष हुन् सक्छ ! निस्पक्ष अनुसन्धान हुनुपर्छ

काठमाडौँ । गायिका आस्था राउत पछिल्लो समयमा निकै तनावमा छिन् । आस्था अहिले सांगीतिक कार्यक्रमका लागि सिक्किम गएकी छिन् । केहि दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनापछि वि’वादमा तानिएका आस्थावि’रुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । यस विषयमा थुप्रै कलाकार,गायक गायिका र सर्वसाधारणहरुले विभिन्न टिक्का टिप्पणी गरेका छन् । त्यसैमध्ये चर्चित गायक प्रमोद खरेलले गायक गायिकाको बिषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव आफूलाई भएको उल्लेख गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै उनले लेखेका छन्–‘आस्थालाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ती र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन् । जुन आफैमा केही अस्वभाविक र कलाकारलाई सुहाउँदो छैन ।’

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आ’क्रोशपूर्ण भिडियो लाइभ गरेकी थिइन् ।

यहि विषयलाई लिएर चर्चित गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा गुनासो पोखेका हुन्। उनले एक स्टाटस लेख्दै आस्थाको बारेमा बोल्ने कुनै सङ्घसंस्था नभएको गुनासो गरेका हुन् ।