प्रचण्डले गर्ने खर्चको स्रोत भेटियो !

काठमाडौं। राजनीतिमा पछिल्लो समय निकै भयानक घ’टनाहरू घटिरहेका छन् । यस्ता घ’टना सार्वजनिक हुँदा सर्वसाधारणको होस् चेत उड्ने गरेको छ । देश बनाउनको लागि भनेर भोट हालेर पठाएका नेताहरूका एकपछि अर्को गर्दै राज खुल्दै जाँदा राजनीति र नेताहरूप्रति नै वितिष्णा हुने अवस्था आइसकेको छ । यस्तै पछिल्लो समय विकिलिक्सले सार्वजनिक गरेका कतिपय डाटाहरू पनि होस् उड्ने खालका छन्। विकिलिक्सले सार्वजनिक गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासको एक डिप्लोमेटिक केबलअनुसार कैयौं नेताहरूको पोल खोलिएको छ।

भदो महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा गएर गरेको उपचार खर्च राज्यकोषबाट नलिएको बताए तर, कहाँबाट खर्च भयो त भन्ने कुराले जनतालाई सतायो । नभन्दै त्यो खर्च यती समूह र एनसेलले बेहोरेको भेटियो ।ओलीले राज्यकोषको पैसा खर्च नगरेको बताएपछी सिंगापुरजस्तो महँगो देशको महँगो अस्पतालमा निःशुल्क कसरी भयो भन्ने कौतुहलताले सताएको थियो । खर्च कसले बेहोर्‍यो भन्ने चर्चा बढ्दै त्यसको स्रोत भेटिएको केहि समयमै अर्का अध्यक्ष प्रचण्डको पनि भेद खुलेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि व्यापारीबाट पैसा लिएर विदेश भ्रमण गर्ने गरेको तथ्य फेलापरेको छ । विकिलिक्सले सार्वजनिक गरेको खुलासा अनुसार नेकपा अध्यक्ष प्रचण्ड स्मार्ट टेलिकमको प्रायोजनमा सिंगापुर गएका थिए ।

हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी, नेपालस्थित अमेरिकी दूतावासमा चार्ज डे अफेयर्स हुँदा पठाइएको उक्त केबलमा प्रचण्ड आफ्ना सहयोगी कृष्णबहादुर महरा र व्यापारी दिनेश मानन्धरसँग सिंगापुर गएको र त्यहाँ उपचाररत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहित केही भारतीय र चिनियाँ नेताहरूलाई भेटेको उल्लेख छ ।

‘प्रचण्डको सिंगापुर भ्रमणका लागि स्मार्ट टेलिकमले बिजनेस क्लासका टिकट, बीएमडब्लू गाडीको भाडा र फोर सिजन्स होटलको खर्च व्यहोरेको मानन्धरले दूतावासका कर्मचारीलाई बताए,’ डिप्लोम्याटिक केबलमा भनिएको छ ।मानन्धरले प्रचण्डसहितका तत्कालीन माओवादीको डेलिगेसनको सिंगापुर भ्रमणका लागि यहाँबाट सबै बन्दोबस्ती मिलाएका थिए ।

‘बिजनेस क्लास’को टिकट, सिंगापुरको पाँचतारे होटलको खर्च र बीएमडब्लूको भाडासहित प्रचण्डसहितको टोलीको सिंगापुरे भ्रमणमा निकै ठूलो खर्च भएको देखिन्छ । यसका लागि स्मार्ट टेलिकमले २०६६ सालमा गरेको प्रायोजनको लागतबापत पछि उसले सस्तो लागतमा लाइसेन्स प्राप्त गरेको खुलेको छ ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।