काठमाडौ। बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कमजोर हुँदै गएपछि सुधार भइरहेको हो। शनिबार काठमाडौँ उपत्यकासहित मुलुकका धेरै ठाउँमा घाम लागेको थियो।
महाशाखाले बुलेटिन जारी गर्दै भनेको छ, ‘नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गएरहेको छ। देशको उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।’ महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान:
शनिबार
रातीः देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।
आइतबार
दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
रातीः देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
सोमबार
दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ।