पत्नीमाथि शंका : मानसिक रोग

काठमाडौ। ‘राती भयो कि कोही आएर मेरो अनुहारमा मुक्कैमुक्काले हान्छ,’ दुई महिना अघि मकहाँ जचाउँन आएका २७ वर्षिय एक युवाले अनौठो समस्या सुनाए । उनको अनुहार भरी नै निल डाम र घाउ थियो । उनी भन्दै थिए, ‘अब म त्यो घरमा कहिले पनि जाँन्न, उसले मार्छ मलाई। मलाई यही अस्पतालमै भर्ना गरिदिनुस, बरू म महिनौ यही भर्ना भएर बस्न तयार छु।’

यस्ता बिरामीले बक्सिङ हान्नेलाई देख्न सक्दैनन् । तर बिरामीहरू बक्सिङ लागेर आफ्नो काठामा एक कुनाबाट अर्को कुनामा रन्थनाउने गरेको बताउँछन् । आफन्तहरूका अनुभवमा यस्ता बिरामी रातभरी सुत्दैनन् । अइया अइया भन्दै भाग्न खोज्छन् । जसले गर्दा कहिले खाटमा, कहिले भित्तामा ठोकिन्छन् । उनीहरू पिट्यो, मा¥यो भन्दै चिच्याउँछन् । अरूले हेर्दा केहि देखिँदैन।

‘कोही अपरिचित आएर ला, अझ खा, तलाई छोड्दिन जस्ता शब्दहरू भन्दै वक्सिीङ हानीरहन्छन,’ बिरामीहरूको अनुभव छ । यस्ता बिरामी यति धेरै आत्तिएका हुन्छन् कि, यसरी मुक्का प्रहार गर्ने मान्छेले मार्छ भन्ने लाग्छ उनीहरूलाई । उनीहरू लगातार पिटाइखाइरहेको महसुस गर्छन्, जसले उनीहरूमा बाच्छु भन्ने आशा कम हुन्छ।

दुई महिनाअघि आएका ती बिरामीको रक्तचाप लगायत सबै ठिक थियो । दिनभरी ठिकठाक हुने मानिस राती मात्रै आत्तिने गर्थे । केही मात्रा रक्सीबाहेक अरू नशाको लत पनि थिएन् । तर, परिवारको भनाईमा रक्सीको लत बढी नै थियो, ७ वर्षदेखि लगातार रक्सी पिउँथे । परिवारका सदस्यबाट उनीबारे अझै रोचक तथ्य खुले । उनी बिहानैदेखि रक्सी पिएर घरमा रडाँको मच्चाउँदा रहेछन् । जागिरमा कुनै स्थायीत्व थिएन।