आबुधावीमा १८ जना नेपाली सवार मिनिबस दुर्घ’टना, पाँचको मृ’त्यु

युएई। बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घ’टनामा परेको छ । दुर्घट’नामा पाँच व्यक्तिको मृ’त्यु भएको छ भने १९ जना घा’इते भएका छन् ।

मिनिवसमा नेपालीहरु पनि सवार थिए । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।

मृ’तकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् । ढकालले भनेका छन्, ‘मृ’तक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’

घा’इतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दु’र्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो ।