डनले गराउँछन् सिडिओ र एसपीको सरुवा

काठमाडौं । आजको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा सुन्दर डाँडामा डनको दोहन शिर्षकमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, क्रसर र खानी भएका जिल्लामा सिडिओ र एसपीको सरुवा डनले गराउँछन् । त्यस्तै समाचारमा हरिया डाँडा तहसनहस भएको र गाउँका गाउँ उठिवास भएको उल्लेख छ ।

गत बर्ष नुवाकोट क्रसर व्यवसायीहरु गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकुलका एसपीलाई लैजान उनीहरुले सत्तारुढ नेकपा नेताहरुलाई भेटिरहेका थिए ।

आफूहरुको खानी र क्रसरलाई सहयोग गर्ने एसपी उनीहरु नुवाकोट लैजान चाहन्थे ।

उनीहरुकै रोजाइअनुसार प्रहरी प्रधान कार्यालयले एसपी कृष्णकहादुर पल्लीमगरलाई पठायो ।

पल्ली मगर पुगेपछि खानी र क्रसर उद्योगको व्यवसाय चम्कियो, नदीको दोहन अनियन्त्रित भएको भन्दै स्थानीयको विरोध पनि चुलियो ।

नदीको दोहनमा प्रहरी नेतृत्वको मिलेमतोको खुलस्त भएपछि ६ महिनाभित्रै पल्लीमगरलाई झिकाउन प्रहरी प्रधान कार्यालय बाध्य भयो ।

क्रसरकै कारण गोरखामा सिडिओ र एसपीबीच विवाद भएको र क्रसरमा प्रहरीको सेयर रहेको र क्रसर हेर्न जाँदा डिआइजीको मृत्यु भएको प्रशंग पनि समाचारमा उल्लेख छ ।