आमाको १३ औं पुण्य तिथीमा ऋचा शर्माले भावुक हुँदै भनिन्, ‘दुःख बिसाउने काख गुमाएँ’

काठमाडौं। नायिका ऋचा शर्माको आमाको निधन भएको आज १३ औं दिन हो । शर्माले आफ्नी आमाको १३ औं पुण्य तिथीमा आमालाई निकै भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् । सामाजिक सञ्जाल फेसवुकमा शर्माले एक भावुक स्टाटस लेखेकी छन् ।

‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ। एउटा साथी, एउटा संरक्षक, दुस्ख बिसाउने काख सबै गुमाएको छु।

हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दुखमा दुखी। मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा,’ उनले लेखेकी छिन् ‘भनिन्छ आमाको ऋण तिरेर कहिले सकिदैन। आज यो वाक्यलाई सही रुपले बुझेको छु। त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु। शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ।’

आमालाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेर लेखिएको यो स्टेटसमा उनलाई थुप्रैले ढाडस दिएका छन् । लामो समय अस्वस्थ्य भएकी उनको आमाको उपचारकै क्रममा निधन भएको हो। ऋचाको विवाहको समयमा पनि आमा अस्वस्थ्य भएका कारण ऋचाको अधिकाँस समय अस्पतालमा बितेको थियो । ऋचाले सार्वजनिक कार्यक्रममा पनि आफु विवाह पछि अस्पतालमा धेरै बसेको बताएकी थिइन् ।