ओली–प्रचण्डलाई मार्सी भात खुवाउने प्रसाईं यसरी फसे ठूलो फ’न्दामा

काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको छलफल चल्ने क्रममा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका मेडिकल कलेज सञ्चालक दूर्गा प्रसाईं ठूलो फ’न्दामा फसेका छन् ।

हालसालै नियुक्त भएका चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईंविरूद्ध अदालतमा मुद्दा दायर गरेका छन् । प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक प्रसाईंविरूद्ध गिरीले काठमाडौं जिल्ला अदालतमा मंगलबार मु’द्दा दायर गरेका छन् ।

गिरीले प्रसाईंवि’रूद्ध गालीबेइज्जती तथा मानहानीको मु’द्दा दायर गरेका हुन् । गिरीले मुद्दा जितेमा प्रसाईंलाई जेल सजाय समेत हुनसक्ने जनाइएको छ । प्रसाईंले पत्रकार सम्मेलन गर्दै गिरीले घु’स मागेको आ’रोप लगाएका थिए ।

बिएण्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रूपैयाँ घुस मागेको आ’रोप प्रसाईंले लगाएपछि गिरी अदालत गराएका हुन्।

‘उहाँले झू’टा तथा कपोलकल्पित आरोप लगाएर बेइज्जत गरेपछि मुद्दा दायर गरेको छु,’ गिरीले भने । प्रसाईंले सोमबार गिरीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् । दुवै एकअर्काविरुद्ध मु’द्दा दायर गरेर कानुनी कारवाही खोजिरहेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा मेडिकल कलेज चलाएर प्रचण्डसँग समेत निकट रहेका प्रसाईं पटक–पटक विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा आउने गरेका छन् । दुवै नेताको राजनीतिक आडमा प्रसाईंले मेडिकल कलेज खोलेको आरो’प समेत उनीमाथि लाग्ने गरेको छ ।