माघ १ गते प्रदेश १ मा सार्वजनिक बिदा

काठमाडौं। प्रदेश १ सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १ गते थारु जातिको मुख्य पर्व माघी हो । अन्य जातिले भने माघे संक्रान्ति पर्व विशेष ढंगले मनाउने गर्छन् ।

‘प्रदेश सरकार, प्रदेश नं. १ मन्त्रिपरिषद्को निर्णयअनुसार माघे संक्रान्ति एवम् माघी वर्षको अवसरमा मिति २०७६ माघ १ गते सार्वजनिक बिदा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मंगलबार प्रदे सरकारको तर्फबाट जारी सूचनामा भनिएको छ ।

मंगलबार नै कर्णाली प्रदेशलेसमेत माघीको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।