माघेसङ्क्रान्तिमा ३ दिन बिदा

धनगढी । कैलारी गाउँपालिकाले माघेसङ्क्रान्ति पर्वको अवसरमा ३ दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोही अनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए।

थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।