पुनर्वासको आकाशमा देखियो ३९ वटा विमान स्थानीय त्रसित

कञ्चनपुर। पुनर्वासको आकाशमा ३९ वटा विमान देखिएको छ । एकैचोटि यतिधेरै विमान आकाशमा देखिँदा स्थानीय वासीहरु आश्चर्यचकित र त्रसित बनेका थिए ।

अहिले बेलुकी सात बजेर छ मिनेट जाँदा दक्षिणबाट नेपालको सिमानामा पसेको पश्चिमतिर लागेको प्रत्यक्षदर्शी हिमेश थापाले बताउनुभयो ।

“मैले थुप्रै विमान आकाशमा उडेको देखे । हामी अचम्ममा पर्‍यौ । झटपट क्यामेरा निकालेर फोटो खिच्न भ्याएँ” प्रत्यक्षदर्शी थापाले भन्नुभयो ।

आकाशमा विमान देखिएको घटना यसभन्दा अघि अछाममा पनि भएको थियोे । स्थानीय वासीहरुले भारतीय सेनाको जहाज हुनसक्ने अनुमान गरेका छ्न ।