रन्जानाले लेखीन् बुवालाई यति लामो पत्र: बुवा, म तपाईको बुहारि !

  • रन्जना मैनाली 

बुवा, म तपाईं की बुहारी, छोरी जस्तै भन्नु हुन्थियो आजै भनम तपाईं हरु कि आशा भरोशा सबै सबै…बिहे गरेर पनि माईती घर को अभाब हुन दिनु भएन र मैले अभाब महसुस गरीन पनि धेरै माया दिनु भयो र मैले पनि जानेको सकेको गरेको थिए ।

१) मेरो श्रीमान को विसा रिजेक्ट भयसी मैले तपाईं हरु लाई उहा ले गरेको बेभार भनेको थिए बैशाख महिना मा तपाईं ले त मलाई नबोल भन्नु भयो ममी ले छोरा मान्छे ले रिस उठेको बेला जे नि भन्छ छोरी मान्छे ले सहन पर्छ भन्नु भयो तर आज तपाईं हरु लाई मेरो र मेरो श्रीमान को समबनध को बारेमा केही था छैन भन्नु भयो के तपाईं हरु लाई केही नै था थिएन र ? ?

२)मैले मेरो श्रीमान को विसा अप्प्लाई नै गर्न नचाहेको र नगरेको भन्ने आरोप हरु सुनिरहदा म सँग अप्प्लाई गरेका डकुमेन्ट हरु र प्रतयेक पल्ट विसा रिजेक्ट भएर इम्मिगेससन बाट आएका रिजेक्सन लेटरर हरु प्रसस्त छन ।

३) म अष्ट्रेलिया मा ठाउ सर्दा तपाईं हरु सबै लाई के कारण ले सर्न लगेको र कहाँ सर्दै छु भनेको थिए अहीले ६ महिना बाट जानकारी मा थीन भन्नु भको रछ के म जानकारी म नआएकै हो त ?? म को को सँग सम्पर्क मा थिए मैले यहाँ पोस्ट गरेको छु।

४) मैले अष्ट्रेलिया मा बस्दा दिदी लाई हरेक महिना पैसा तिरेर बसेको थिए अहीले फ्री मा बसेको थि भन्नु भको रछ के यो सत्ए हो ?मैले दिदी लाई हरेक महिना पैसा बुजाएको प्रमाण पनि राखेको छु।

५) मैले नेपाल आउने बेला तपाईं हरु लाई खबर गरेको थिए र भन्डारा बिहे पछी आउछु मेरो सपिङ गर्नु पर्ने छ भन्दा हुन्छ भन्नु भयो तर अहीले हामीलाई आउने केइ खबर नै थिएन भन्नु भको छ केइ खबर नै नभएको हो त ?म नेपाल आउने अगिलो दिन पनी ममी लाई कल गरेको थीए।

६) मेरो कलेज फी महँगो छ म ३ बर्ष म कलेज सक्न लाई गाह्रो हुन म ५ बर्ष लगएर पढछु बुवा भन्दा तपाईं आफैले भन्नु भको होईन र ३ बर्ष म कलेज सक भनेर ? कलेज फी को लागि मेरो कमाई ले नपुग्दा तपाईं र माईतीको बुवा ले ३-३ पल्ट पठाउनु पनि भयो बिहे गरेकी छोरी ले सधै मईतीमा मात्र पैसा माग्न नसकेको हुँदा मैले तपाईं सँग नि मागे थीए जुन दिन बुहारी सोच्नु भयो त्यो दिन पैसा पठाउनु पनि भयो । तर आज यसलाई पैसा ठगी भनेर आरोप लगाउँनु जायज हुन्छ र ?

७)बुवा आमा को इज्जत र पसिना सम्झेर बिहे अगाडी त एउटा केटा साथी नबनाएकी मलाई अहीले एक बिवाहित नारीलाई दुई घर को इज्जत राखेकी मलाई मेरो अर्कै सँग सम्वन्ध (तपाईको भाषामा नाठो) भएको कारण ले मेरो छोरा सँग बोलिन भन्नु भको रछ तपाई संग एऊटा अनुरोध मेरो को सँग सम्वन्ध रहेछ कृपया त्यो अगाडी ल्याईदिनु होस।अन्तत, तपाईले त मैले मेरो मोबाईल खाली बुजाए सबै मेसेज हरु डिलिट गरे भन्नु भको रछ मेरो मोबाईल मा कुनै नि मेसेज हरु डिलिट छैनन ।

२०१७ देखी यो तपाईं को जानकारी को लागि , मलाई कानुन ले दोशी भन्छ वा भन्दैन त्यो आदलत ले निर्णय गर्छ तर एउटा नारी लाई ब’दना’म गर्न को लागि तपाईंले पैसा ठ’गी र अर्कै सँग सम्वन्ध छ भनेर जुन अफ’वाह फैलाउनु भयो जो यो समाज को लागि अपच्ए कुरा हो र जस्का कारण ले मलाई निकृस्ट, अ’श्लिल शब्द हरु प्रयोग भएका छन त्यो सामुहिक ब ला त्का र भन्दा कम छैनन होईन र बुवा ??

रन्जना मैनालीको फेसबुकबाट