अमेरिकी बेस क्याम्पमाथिको आ’क्रम’ण ट्रेलर मात्र हो – इरानी सेना

बीबीसी। इराकस्थित दुईवटा अमेरिकी बेस क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र आ क्रम ण गरेपछि इरानी सेनाले बुधबार उक्त आ क्रम ण ट्रेलर मात्र भएको बताएको छ।

इरानी सरकारी समाचार संस्था आइआरएनका अनुसार इरानी सेनाका मेजर जनरल मोहम्मद बाकरीले अमेरिकी बेस क्याम्पमा गरिएको आ क्रम ण ‘सैन्य क्षमताको सानो हिस्सा’ मात्र भएको बताएका हुन्।

इस्लामिक रिभोलुस्नरी गार्ड्स कोर आइआरजीसीले अमेरिकी बेस क्याम्पमा बुधबार बिहानै क्षेप्यास्त्र आ क्र मण गरेको थियो।

बाकरीले अमेरिकाले पश्चिम एसियाली क्षेत्र छाड्ने विकल्पलाई रोज्नुपर्ने सुझाव दिएका छन्।

गतहप्ताको बिहीबार राति अमेरिकाले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आ क्र मण गरि ह त्या गरेका थिए।

इरानले अमेरिकासँग बदला लिने बताउँदै मंगलबार अमेरिकी सेनलाई आ तंक वादी घोषणा गरेको थियो।

बुधबार बिहानै अमेरिकाले इराकस्थित अमेरिकी दुई सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्र’हार गरेको थियो।

इरानले ८० अमेरिकी सेनाको मृ त्यु भएको दाबी गरेको छ। यद्यपी अमेरिकाले यस विषयलाई पुष्टि गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आ क्र मणको विषयमा बुधबार बिहानै धारणा सार्वजनिक गर्ने बताएका छन्।