इरानले इराकस्थित अमेरिकी अड्डामा आ’क्र’मण गरेलगत्तै १८० यात्रु बोकेको विमान इरानमा दुर्घ’टनाग्रस्त (भिडियो)

एजेन्सी। इरानमा दुर्घटना भएको युक्रेनको बोइङ ७३७ विमान आगोको मुश्लो बनेर भुइँमा झरेको देखाउने एक अपुष्ट भिडियो सार्वजनिक भएको छ । उक्त विमान तेहरानबाट किएभ जाँदै गर्दा उडेको केही छिनमा नै दुर्घ’टनाग्रस्त भएको थियो ।

मंगलवार अबेर राति अन्लाइनमा पोस्ट गरिएको भिडियोमा युक्रेन इन्टरनेसनल एयरलाइन्सको विमान जमीनमा ठोकिएर चम्किलो फ्ल्याश आएको देखिन्छ । विमानमा लगभग १८० यात्रु रहेको बताइएको छ ।

इरानले इराकस्थित अमेरिकी अड्डामा आक्रमण गरेलगत्तै यो दुर्घ’टना भएको हो । त्यसपछि अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले उक्त क्षेत्रमा अमेरिकाको नागरिक विमान उडान गर्न रोकेको छ ।