पैसा तिर्न नसकेर ६ महिना देखि अस्पतालमै, घर गएका बुवा फर्केर आएनन्, दाइले गरे दे’हत्याग

विराटनगर। उपचार सकिएको ६ महिना बितिसक्दा पनि आफन्त सम्पर्कमा नआएका कारण विराटनगर स्थित एक अस्पतालमा एक युवा अ लप त्र छन् । उनको आगामी उपचार पनि हुन सकेको छैन । परिवार आएपछि थप एक शल्यकृया गर्नुपर्ने भएपनि ति युवा अस्पतालको सर्जिकल वार्डमा अलपत्र बसिरहेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिना देखि अस्पतालमै छन् ।

उनको उपचार वापत अस्पतालमा तिर्नुपर्ने ५ लाख भन्दा बढी रुपैया तिर्न नसक्दा उनी अस्पतालमै बसेका हुन् । उनको उपचार खर्च ल्याउन भनेर घर गएका बुवा फर्केर आएका छैनन् भने उपचार खर्च जुटाउन भौँ ता रिदै हिडेका उनका दाजुले पनि त ना वका कारण दे ह त्याग गरेका छन् । उपचार वापत तिर्नुपर्ने रकम तिर्न नसक्दा जीवनले विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा ६ महिना देखि बसिरहेका छन् । छोराको उपचारवापत लागेको पैसा खोज्नका लागि भन्दै उनलाई अस्पतालमै छाडेर तीन महिनाअघि घर फर्किएका बुवा गणेश भुजेल पनि अहिलेसम्म सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।

उनलाई अस्पतालकै कर्मचारीले क्यान्टिनबाट खानेकुरा लगिदिन्छन् र दैनिक हेरचाह समेत गर्ने गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका–१ मझुवाबेंसीमा गत असार ५ गते बेलुका युवाबीच भएको ‘ग्याङ फा इट’ का क्रममा उनी माथि र ड प्र हार भएको थियो । उनी मझुवाबेंसीमा खेलमैदान बनाउने जिम्मा लिएर काम गरिरहेका बुवा गणेशलाई भेट्न गएका थिए । सँगै गएका गाउँका साथीहरू २७ वर्षीय पदम कटुवाल र २५ वर्षीय सुवास कटुवालसँग मझुवाबेंसीमै निर्माणाधीन इर्खुवा हाईड्रोपावरका कामदारको झ गडा प र्‍ यो । झ गडा छु ट्या उन गएका जीवनमाथि र ड प्र हार भयो । र डले लागेर त्यहीं ढ लेका उनको टाउको, छाती, पेट र घाँटीमा चो ट लाग्यो ।

श्वासप्रश्वासका लागि घाँटीमा पाइप लगाइएको छ । घाँटीमा गहिरो चो ट लागेकाले बोल्न सक्दैनन् । कसैले केही प्रश्न सोधे उनी लेखेर जवाफ दिन्छन् । उपचारमा संलग्न अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले र ड प्र हा रबाट जीवनको घाँटीमा गहिरो चो ट लाग्नुका साथै श्वासनली साँघुरो भएर श्वासप्रश्वासमा सम स्या उत्पन्न भएको बताए । श्वास फेर्न सजिलो बनाउन घाँटीमा प्वा ल पारेर पाइप राखिएको बताउँदै उनले उक्त पाइप धेरै अघि शल्यक्रियामार्फत निकाल्नु पर्ने भए पनि आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा सम स्या भइरहेको जानकारी दिए ।

शल्यक्रिया ज टिल खालको हुने भएकाले अभिभावक सम्पर्कमा आएपछि मात्रै गर्नुपर्ने अस्पतालको भनाई छ । उनलाई आ क्र मण गर्नेहरु अ भद्र व्यवहार मु द्दा खेपेर छुटिसकेका छन् । उनी परिवारका माइला छोरा हुन् । आमा बि तेको १६ महिना बढी भयो । उनका बुवा, एक दाजु, दिदी र दुई भाइ थिए । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै ब न्धक भएको भन्दै ऋण खोज्नका लागि चारैतिर भौतारिरहेका दाजु नवीनले पनि त्यही त ना वका कारण गत कात्तिक अन्तिम साता देह त्या ग गरेको स्थानीयले बताएका छन् । भदौ १४ गते आमाको वर्ष दिनको काम पनि सकियो । तर दाजुको अ न्तिम संस्कार र आमाको वर्ष दिनको काममा पनि जीवन घर पुग्न पाएनन् ।