बालिका जन्मँदै ‘गर्भवती’, अचम्म परे चिकित्सक

एजेन्सी। यो घ टना पाँच लाखमा एउटा मात्र हुन्छ । त्यस्तै निकै दुर्लभ अवस्थामा एउटा शिशु जन्मेको छ । जसको जन्मने बित्तिकै शल्यकृया गर्नुपरेको छ । कोलम्बियामा भएको यो घ टनाले अहिले संसारको ध्यान तानेको छ । आमाको पेटवाट एउटा यस्तो नवजात शिशु शल्यकृया गरेर निकालियो जसको पेटमा पनि अर्को बच्चा हुर्किरहेको थियो । त्यो नवजात शिशुको जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गर्नुपरेको छ ।

बालिका इत्जमाराकी आमाकी आमा मोनिका भेगा नाम गरेकी ति महिलाको पेट भित्र रहेको नवजात शिशुको पेटमा पनि अर्को शिशु हुर्किरहेको थियो । आमाको पेटमा सात महिना लागिरहेकी ति जवजात शिशु गर्भवती थिइन् । जव आमाको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले पत्ता लगाए पनि तत्काल त्यसका वारेमा निर्णय लिनुपर्ने भयो । अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि यस्तो अवस्था सृजना भए पछि चिकित्सक पनि अचम्म परे ।

डाक्टरले गत मार्चमा नै भेगाको शरीरभित्र दुईवटा नाल भएको पत्ता लगाएका थिए । चेकजाँचका क्रममा एउटा नालले उनी र छोरी इत्जमारालाई जोडेको थियो भने अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको भेटियो । उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने र यसले इत्जमाराको अंगमा क्षती पुर्याउने संभावना रहेकाले इत्जमाराको शल्यक्रिया गर्ने निर्णय गरेको हो । भेगाको तत्काल शल्यक्रिया गरिएको थियो ।

धड्कन र मस्तिष्क नभएको उक्त भ्रुण निकाल्न इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ । भ्रुणभित्र अर्को भ्रुण हुने घ टना अत्यन्तै विरलै हुने घ टना हो । युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यो घ टना पाँच लाख जन्ममा एकजनामा देखा पर्नसक्छ ।

यो पनि पढ्नुहोस: क्यान्सरका डाक्टर जसको परिवारमा ५० जनालाई क्यान्सर छ

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन्, डा। राजेन्द्रप्रसाद बराल। २५ वर्षयता उनी क्यान्सर रोगको उपचारमा सक्रिय छन्। ब्लड क्यान्सरका कारण उनले आमा गुमाए। त्यसपछि बुबा, फुपू, फुपूको छोरा, काका–काकी, मामालगायत गरी परिवारका ५० भन्दा बढी सदस्य क्यान्सर रोगी भएको उनी बताउँछन्। डा। बराल ‘सार्क फेडरेसन अफ अन्कोलोजिस्ट’का अध्यक्ष र ‘नेपाल अर्बुद रोग निवारण’ संस्थाका उपाध्यक्ष हुन्। हाल नर्भिक अस्पताल र ओम अस्पतालको अन्कोलोजी विभागका प्रमुख पनि हुन्।

परिवारमा क्यान्सर भएकामध्ये उनले कसैलाई पनि ‘यहाँ उपचार हुँदैन, विदेश जाऊ’ भनेर सल्लाह दिएका छैनन्। केही पर्नेबित्तिकै परिवारका सदस्य उनीकहाँ दौडिएर आउँछन्। ‘हिजो मात्र एक जना काका आउनुभएको थियो,’ उनले भने, ‘उहाँलाई पनि हेरेर पठाइदिएँ। त्यस्तै, अन्य थुप्रै बिरामीको भीड अहिले पनि मकहाँ लाग्छ। उहाँहरूलाई परामर्श दिन पाउँदा आमाको सपना पूरा भएजस्तो लाग्छ।’

२५ वर्षयता उनी क्यान्सर रोगको उपचारमा सक्रिय छन्। उनी ‘सार्क फेडरेसन अफ अन्कोलोजिस्ट’का अध्यक्ष र ‘नेपाल अर्बुद रोग निवारण’ संस्थाका उपाध्यक्ष हुन्। हाल नर्भिक इन्टरनेसनल अस्पताल र ओम अस्पताल तथा रिसर्च सेन्टरको अन्कोलोजी विभागका प्रमुख हुन्। क्यान्सरलाई कम गर्न उनी सचेतना फैलाउने अभियानमा पनि लागिपरेका छन्। ‘यो २५ वर्ष मैले थुप्रै चाडपर्व र उत्सव थाती राखेर बिरामीको सेवा गरेँ,’ उनले भने, ‘मैले न दशैँ भनेँ, न तिहार।’