डढेलोको चा’पमा परेको अस्ट्रेलियालाई राहत, प्रभावित क्षेत्रमा लगातार वर्षा

काठमाडौं। केहि महिनादेखि भी’षण डढेलोको सामना गरिरहेको अस्ट्रेलियामा वर्षा भएको छ ।

वर्षाका कारण केही समयदेखि लगातार बढिरहेको तापक्रमका कारण क’ष्टकर बनेको दैनिकीमा सामान्य राहत महसुस गरिएको छ । वर्षाका कारण अस्ट्रेलियाको तापक्रम केही घटेको छ । अस्ट्रेलियामा पछिल्ला दिनमा औसत ४४ डिग्री तापक्रम रहेको थियो ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गत सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा सं’कट सिर्जना गरेको छ ।

आइतवार र सोमवार भएको वर्षाका कारण केही राहत महसुस गरिए पनि आगलागी नियन्त्रणमा आउने सम्भावना कम रहेको अधिकारीले चे’तावनी दिएका छन् । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ ।

डढेलोले संकटकाल घोषणा गरिएकमो न्यु साउथ वेल्सका केही क्षेत्रमा वर्ष भएको छ । राजधानी दैनिकमा खबर छ ।