दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यो निणय गरेको हो ।साथै मन्त्रिपरिषद्को बैठकले आगामी फागुन १० गते देखि १२ गतेसम्म दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले गरेका हरेक गतिविधि तथा सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको हो ।कपिलवस्तुको चार ठाउँमा माघी महोत्सव हुनेकपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ ।

थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मेला लाग्ने थारू कल्याणकारी सभा (थाकस) कपिलवस्तुले जनाएको छ ।

वाणगङ्गा नगरपालिकाको गजेहडा, बुद्धभूमि नगरपालिकाको बरकुलपुर र शिवराज नगरपालिकाको चन्द्रौटा तथा भगवान्पुरमा जिल्लास्तरको मेला लाग्ने थारू अगुवा रामबहादुर थारूले बताउनुभयो । शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगरस्तरीय माघी महोत्सव यही माघ २ गते लाग्ने थाकस शिवराज नगरपालिकाको आयोजनामा हुने बताइएको छ ।

माघी महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।थारू समुदायको नयाँ वर्ष २६४४ का अवसर पारेर भव्य पर्वका रूपमा मनाउँदै आएको हुनाले यसलाई व्यवस्थित तरिकाले सांस्कृतिक लक्ष्य पूरा गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको थाकस नगर अध्यक्ष इन्द्रबहादुर थारूले बताउनुभयो ।

‘थारू संस्कृति संरक्षण, संवद्र्धन आउर प्रवद्र्धन कयना हमन अभियान, न्याय, समानता आउर पहिचान सहितके सीमा बचयना हमन अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सव लगातार तीन दिनसम्म चल्नेछ । यस्तै महोत्सवलाई सभ्य र भव्य बनाउन १०१ सदस्यीय मूल समिति गठन गर्नाका साथै जिम्मेवारी बाँडफाँट गरिएको मूल समितिले जनाएको छ।