‘बुद्धको जम्नाभुमि भ्रमण गर्न आतुर छु’ भनेकी बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आइपुगिन्

काठमाडौँ। भारतीय सेलिव्रटीहरुका लागि नेपाल पर्यटकिय दृष्टिकोणले राम्रो गन्तब्य बन्न लागेको छ । पछिल्लो समय भारतीय चर्चित ब्यक्तिहरु नेपालको भ्रमणका लागि आउन थालेका छन् । नेपालले भ्रमण वर्ष मनाउन लाग्दा त्यसको विश्वभर प्रचार प्रसार भइरहेको छ । अब केही दिनमा आउन लागेको अंग्रेजी नयाँ वर्षका लागि नेपाल अब पर्यटिकय गन्तब्य बन्न लागेको हो ।

बलिउडकी चर्चित अभिनेत्री मल्लिका सेरावत पनि अंग्रेजी नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छिन् । उनी आइतवार नेपाल आइपुगेकी हुन् । उनी नयाँ वर्ष सन् २०२० को लागि नेपाल आएकी बताइएको छ । अभिनेत्री मल्लिका सेरावतले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु नयाँ वर्ष सन् २०२० को लागि नेपाल आउने बारे जानकारी गराएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मा आफुलाई भगवान बुद्धको जन्मस्थान मन परेको र आफु उक्त स्थानको भ्रमया गर्न आतुर रहेको बताएकी छिन् । मल्लिका सेरावत बलिउडकी एक सफल अभिनेत्री हुन् । पर्यटन वर्षका मनाउन भब्य तयारी गरेको सरकारले लुम्बिनीमा पर्यटकका लागि विभिन्न आकर्षका कार्यक्रम गर्ने भएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सेरावत आइतबार नै लुम्बिनीस्थित टाइगर प्यालेस रिसोर्ट भैरहवा पुगेकी छन्।

रिसोर्टले सेरावतलाई न्यानो स्वागत गरेका केही तस्बिरपनि सामाजिक सञ्जालमा अपलोड गरेको छ। जसबाट पुष्टि हुन्छ कि सेरावतले नयाँ वर्षको उल्लासमय समय बुद्धको जन्मस्थल लुम्बिनीमा बिताउने छिन्। थुप्रै हिन्दी, अंग्रेजी तथा चाइनिज फिल्ममा अभिनय गरेकी सेरावतले मनोरञ्जनको दुनिँयामा ‘हट एण्ड सेक्सी’ नायिकाको रूपमा छबि बनाएकी छन्।

यो पनि पढ्नुहोस: हेलम्बुमा पर्यटन मार्ग बन्दै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो चरणको लामो पर्यटन मार्ग ९ग्रेट ट्रेल० निर्माण शुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले गाउँपालिकाले सो पैदल मार्ग निर्माण शुरु गरेको हो । काठमाडौं, भक्तपुरलगायत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ग्रेट ट्रेल निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । वडा नं ६ र १ को बीचबाट पहिलो चरणको काम शुरु गरिएकामा दोस्रो चरणमा वडा नं ३ को नागीडाँडाबाट शुरु भएको छ ।

हेलम्बु हिमालयन ग्रेट ट्रेल नामकरण गरिएको सो मार्ग हेलम्बुु–३ बुद्घपार्कबाट शुरु भएर शेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङ्सिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ । साठी किलोमिटर लामो ग्रेट ट्रेल हेलम्बुको मात्र नभई देशकै गौरवको आयोजना भएकाले यसमा सरकारले लगानी गर्ने हो भने करीब १० वर्षभित्र लगानी उठ्ने अध्यक्ष शेर्पाको जिकिर छ । नेपालको घुम्नैपर्ने ठाउँमध्ये सिन्धुपाल्चोकको हेलम्बु पनि रहेको र ग्रेट ट्रेल निर्माणपछि उल्लेख्य रुपमा पर्यटक भित्रने गाउँपालिकाले विश्वास लिएको छ । ग्रेट ट्रेलमा रु तीन अर्ब ५० करोेड कुल लागत अनुमान गरिएको छ ।

धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माण सम्भव नभएकाले चालु आवमा सङ्घीय सरकारबाट रु एक करोड विनियोजन भएकाले आयोजनालाई गति दिन सहयोग मिलेको अध्यक्ष शेर्पाले बताए । पर्यटन प्रवद्र्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण शुरु गरिएको शेर्पाले बताउनुभयो । ठूलो लागत पर्ने भएकाले गाउँपालिकाको बजेटले मात्र सम्भव नभएकाले माथिल्लो सरकारसँग निरन्तर हातेमालो गर्दै पर्यटन मार्गलगायत अन्य विकासनिर्माणका कामलाई अगाडि बढाउँदै जाने अध्यक्ष शेर्पाको भनाइ छ ।

काठमाडौँबाट नजीकको पर्यटकीय गन्तव्य सिन्धुपाल्चोकको हेलम्बुमा काठमाडाँैमा आउने सम्पूर्ण पर्यटकलाई भित्र्याउने लक्ष्य गाउँपालिकाले लिएको छ । हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने र ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि घरबास, स्थानीय होटल व्यवसाय र स्थानीय कला र संस्कृतिको समेत प्रचारप्रसार हुने र आयआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । ग्रेट ट्रेलबाट धरैले रोजगारीसमेत पाउनेछन् । चीनपछिको दोस्रो ठूलो ग्रेट ट्रेल भएको हुनाले पनि हेलम्बुमा पर्यटकको लर्को लाग्ने विश्वास गाउँपालिकाले लिएको छ ।