चीनले क्रिश्चियन र इस्लामको धर्मग्रन्थ पुर्नलेखन गर्ने

एजेन्सी । चीनले क्रिश्चीयन र मुसलमानहरुको धर्मग्रन्थको पुर्नलेखन गर्ने भएको छ ।  चीनीया अधिकारीहरुका अनुसार बाइबल र कुरानको पुर्नलेखन गरिन लागिएको हो ।

उइगर मुलसमान माथि अ त्या चार गरेको आरोप खेप्दै आएको चीनले उनीहरुको आस्थाको धरोहरनै परिवर्तन गर्न लागेको हो।

चीनको कम्युनिष्ट पार्टीका एक अधिकारीका अनुसार हाल रहेका धर्म ग्रन्थलाई समाजवादी दृष्टिकोणबाट लेखिन लागिएको छ।  पुर्नलेखनपछि आउने नयाँ कुरान र बाइबलमा कम्युनिष्ट विचारधारा सँग नमिल्ने कुनै वाक्यांश हुने छैन् ।

ती धार्मीक ग्रन्थको संशोधन गर्ने निर्णय सरकारले नै गरेको डेलीमेलले उल्लेख गरेको छ । कम्युनिष्टहरुले धर्मलाई अफिम भन्ने गर्दछन् ।