घट्यो घर निर्माण गर्ने सामग्रीको मूल्य

काठमाडौ। पछिल्लो समय निर्माण सामग्रीको मूल्य घ’टिरहेको छ। अघिल्ला दुई वर्षको तुलनामा यस वर्ष निर्माण सामग्रीको मूल्य झनै घ’टेको छ। विशेषगरी सिमेन्ट, डन्डी र इँट्टाको मूल्य घटेको निर्माण सामग्री व्यापार महासंघको मूल्य विवरणले देखाएको छ। महासंघले दिएको मूल्य विवरण अनुसार दुई वर्ष अघिसम्म आर्थिक वर्ष २०७४/०७५ मा पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ७ सय २५ रुपैयाँदेखि ७ सय ४० रुपैयाँसम्म थियो। ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ८ सय २५ देखि ८ सय ५० रुपैयाँसम्म थियो।

अघिल्लो वर्षनै पिपिसी सिमेन्टको मूल्य घढेर प्रतिबोरा ६ सय ७० देखि ६ सय ९० पुग्यो। ओपिसी सिमेन्टको मूल्य ७ सय ७० देखि ८ सयसम्म पुग्यो। यो वर्ष सिमेन्टको मूल्य थप सय रुपैयाँसम्म घटेको महासंघको मूल्य विवरणले देखाउँछ। अहिले पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ५९० देखि ६१० रुपैयाँ छ। ओपिसी सिमेन्टको मूल्य ६ सय ९० देखि ७ सय २० सम्म छ।

त्यस्तै, डन्डीको मूल्य पनि गत दुई आवको तुलनामा यो आवमा घ’टेको देखिन्छ। दुई वर्षअघि हिमाल र पञ्चकन्या कम्पनीको डन्डीको मूल्य ८५–८६ रुपैयाँ प्रति केजी थियो भने लक्ष्मी, प्रिमियर, जगदम्बा, अम्बे कम्पनीको मूल्य प्रतिकेजी ७६-७७ रुपैयाँसम्म थियो। अघिल्लो वर्ष हिमाल पञ्चकन्या डन्डीको मूल्य थोरै घ’टेर प्रति केजी ८३–८४ रुपैयाँ कायम भयो भने लक्ष्मी, प्रिमियर, जगदम्बा अम्बेलगायतका डन्डीको मूल्य ७५-७७ रुपैयाँ थियो।

चालू आवमा डन्डीको मूल्य घ’टेर हिमाल पञ्चकन्याको ७२–७३ पुगेको छ भने लक्ष्मी, प्रिमियर, जगदम्बा,अम्बेलगायतका डन्डीको भाउ घ’टेर प्रतिकेजी ६८–६९मा झरेको छ। इँट्टा व्यवसायी महासंघ, काठमाडौंले दिएको इँट्टाको मूल्य विवरणअनुसार गत दुई वर्षको तुलनामा यसपालि प्रति गोटा इँट्टाको मूल्य पाँचदेखि सात रुपैयाँसम्म घ’टेको छ।

पछिल्ला दुई वर्ष इँट्टाको मूल्य लगातार घ’टिरहेको इँट्टा व्यवसायी महासंघ, काठमाडौंका महासचिव केपी अवालले बताए। त्यस्तै ढुंगा गिटीको भाउ पनि घ’टेको छ। दुई वर्षअघि कालो ढुंगाको गिट्टी प्रति टिपर (२६५ क्युफिट) २७ हजार र मेलम्चीको सेतो गिट्टी २५ हजार थियो।

अघिल्लो वर्षदेखि नै कालो गिट्टीको मूल्य दुई हजारले घ’टेर २५ हजार र मेलम्चीको सेतो गिट्टीको मूल्य प्रति टिपर ६ हजारले घ’टेर १९ हजार पुगेको छ। वासिङ बालुवा र खोलाको बालुवाको भाउ पनि अघिल्लो वर्षको तु’लनामा लगभग स्थिर रहेको नेपाल हे’भी इ’क्वीपमेन्ट व्यवसायी अपरेटर संघका अध्यक्ष दिपक कुँवरले जानकारी दिए।