काठमाडौंमा प्लटिङवालाको धन्दा : एक रोपनी किन्ने, १० औं रोपनी हडप्ने

काठमाडौं। राजधानी काठमाडौंका विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ ।

सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला परेको हो ।

प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालका अनुसार जग्गा प्लटिङ गर्नेहरूले सार्वजनिक जग्गा रहेको स्थान पहिचान गरी त्यसै वरपर केही रोपनी किन्ने र समयसँगै सार्वजनिक जग्गा समेत अतिक्रमण गरी प्लटिङ गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।