बादल पारि जाने विश्वकै सबैभन्दा अग्लो भवन निर्माण हुँदै , बुर्ज खलिफा पनि देखिने छ सानो

रियाद। अबको एक वा दुई बर्षमा बुर्ज खलिफा संसारको सबै भन्दा अग्लो भवन हुनेछैन । यसको ठाउँ लिदैछ एक नयाँ भवन जसको निर्माण सउदी अरबको रियादमा चलिरहेको छ । यसको उचाइ बुर्ज खलिफा भन्दा १८० मिटर वा ५९१ फिट बढी हुनेछ । यो भवन बादल पारि जानेछ ।

यस भवन निर्माण गर्न लगभग १.२३ अरब अमेरिकी डलर अर्थात् ८७ करोड रुपैयाँ खर्च हुनेछ । यस भवनमा २०० भन्दा बढी फ्लोरहरू हुनेछन् । एक फ्लोरको क्षेत्रफल २.४३ लाख वर्ग मिटर हुनेछ । यसको अन्तिम फ्लोर २१९२ फिट अर्थात् ६६८ मिटर उचाइमा हुनेछ ।

भवनमा ५५ सिङ्गल डेक लिफ्ट र चार डबल डेक लिफ्ट हुनेछ। यसको ६५२ मिटर अर्थात् २१३९ फीट उचाइमा अवलोकन डेक हुनेछ । बुर्ज खलिफाका आर्किटेक्ट एड्रियन डी स्मिथले नै यसलाई बनाउँदैछन् । यस भवनको विकासकर्ताकाे नाम जेद्दाह इकोनोमिक कम्पनी हो ।

यस भवनको निर्माण कार्य १० जनवरी २०१५ मा सुरु भएको थियो । अहिलेसम्म यसको ४७ फ्लोरहरू निर्माण भइसकेका छन् ।

यसको नाम हो – जेद्दाह टावर

यस भवनको नाम जेद्दा टावर हो । यसको उचाइ १००० मिटर अर्थात् एक किलोमिटर भन्दा अलि बढी हुनेछ । जबकि बुर्ज खलिफाको उचाइ ८२८ मिटर छ ।