‘सुत्केरी हुन १० मिनेट पहिले गर्भवती भएको थाहा भयो’

एजेन्सी। अष्ट्रेलियाकी मोडल एरिन लेङ्गमेडले आफ्नो प्रेग्नेन्सीलाई लिएर नयाँ खुलासा गरेकी छन् । मोडल एरिनले आफ्नो सामाजिक सञ्जाल मार्फत सबैलाई गर्भवतीको अवस्था बारेमा आफूलाई १० मिनेट पहिले मात्र जानकारी दिएकी छन् ।

सामाजिक सञ्जालमा एरिनले डेलिभरीको १० मिनेट पहिले मात्र आफूलाई गर्भवती भएको जानकारी भएको बताएकी छन् । उनले घरको बाथरुममा बच्चा जन्माएकी थिइन् ।

एरिनले लामो समयदेखि गर्भनिरोधक चक्की आएकी थिइन् । उनलाई शंका पनि थिएन । बेबी बम्प र मर्निङ सिकनेस दुवै थिएन । सबै कपडा पनि फिट थिए । एकहप्तालाई उनी आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएकी छन् ।

अष्ट्रेलियाको समाचार आउटलेट्सका अनुसार बच्चाको तौल जन्मिएपछि ८ पाउण्डको थियो । चिकित्सकहरुले गुप्त गर्भावस्था भनेका छन् । २५ सय महिलामा एक जनालाई यस्तो हुने गरेको चिकित्सकले बताए । एरिनलाई कुनै पनि शारीरिक बदलाव भएको थिएन । डेलिभरीपछि पनि उनी पहिल्यै जस्तै देखिएकी छन् ।