स्वदेश फर्कनुअघि पुरीले भेटे प्रधानमन्त्री, प्रधानमन्त्रीले दिए चिनो

काठमाडौं। नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पुरी दम्पत्तिले प्रधानमन्त्रीलाई भेट गरेका हुन्। भेट क्रममा प्रधानमन्त्री ओलीले उनलाई चिनो दिएका थिए। यसअघि उनले कांग्रेसका सभापतिलगायतलाई भेट गरेका थिए।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लञ्च’ गराएका थिए। लञ्च मिटिङमा देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीलाई पनि बोलाएका थिए।

पुरी सन् २०१७ मार्चमा नेपाल आएका हुन्। उनी तीन वर्षपछि कार्यकाल सकेर फर्कंदैछन्। पुरीले अब सरकारी सेवाबाटै अलग हुने तयारी पनि गरेका छन्।