चन्द्रागिरी नगरपालिका कार्यालयमा ताला लगाउन पुगेका स्थानीय र प्रहरीबीच झ’डप

काठमाडौ। इँटाभट्टा हटाउन माग गर्दै काठमाडौको चन्द्रागिरी नगरपालिका कार्यालयको मुख्य भवनमा ताला लगाउन पुगेका स्थानीयलाई प्रहरीले रोकेको छ।

ताला लगाउन गएका स्थानीय बासिन्दा र प्रहरीबीच केहीबेर झ’डप समेत भएको आन्दोलनमा सहभागी जगन्नथा तिमल्सिनाले जानकारी दिनुभयो। स्थानीयले नगरपालिकाको तीनमध्ये एउटा भवनमा भने ताला लगाएका छन्।

मुख्य कार्यालय रहेको भवनमा ताला लगाउन जाँदा प्रहरीले रोकेको तिमल्सिनाले बताउनुभयो । इँटाभट्टाका कारण आफूहरुको स्वास्थ्यमा ग’म्भीर असर पारेकोले चन्द्रागिरीमा सञ्चालित सबै इँटाभट्टा हटाउनुपर्ने माग गर्दै स्थानीयबासिन्दाले निरन्तर आ’न्दोलन गर्दै आएका छन्।

गएको मंगलबार उनीहरुले माइतीघर मण्डलामा प्र’दर्शन गरेका थिए । स्थानीय बासिन्दाले २०७२ सालदेखि ह’टाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका छन् । चन्द्रागिरी नगरपालिकाभित्र १४ वटा इँटा उद्योग सञ्चालनमा छन्।